काठमाडौं, कार्तिक ११ । प्रेमियर लीगको एक क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर क्लबको ग्राउन्डबाहिर कार पार्किङमा दुर्घटनाग्रस्त भएको छ ।
लेस्टर र वेस्ट ह्याम युनाइटेडको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
श्रीवद्धनप्रभाको मालिकत्वमा लेस्ट सिटीले सन् २०१६ मा अनपेक्षित रूपमा प्रेमियर लीग जितेको थियो ।
एक प्रत्यक्षदर्शीले शेलिकप्टरको प्रोपेलरले काम नगरेको र हेलिकप्टर फनफनी घुमेको देखेको बताए ।
प्रहरीले घटनाको अनुुसन्धान गरिरहेको छ ।
वेस्ट ह्यामसँगको खेल सकिएपछि हेलिकप्टर उड्न लागेको बेलामा दुर्घटनामा परेको हो ।
विचाइ श्रीवद्धनप्रभा दुर्घटना हुँदा हेलिकप्टरमै भएको उनको परिवारनिकट एक स्रोतले बतायो । तर उनको अवस्था सार्वजनिक गरिएको छैन ।
लेस्टरका खेलाडी कास्पर स्माइकल दुर्घटना भएपछि घटनास्थलतर्फ दौडेको देखेको एक प्रत्यक्षदर्शीले बताए ।
हेलिकप्टरमा अरू कतिजना थिए थाहा हुन सकेको छैन ।
