रोनाल्डोका वकिल भन्छन् “बलात्कारका आरोपमा पेश गरिएका सबै प्रमाण झुटा”

Avatar photo
Dhadingpost
अशोज २५, २०७५

एजेन्सी, असोज २५ । बलात्कारको आरोप झेलिरहेका चर्चित एवं लोकप्रिय पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यतिबेला यही आरोपको संकटलाई झेलिरहेका छन् ।

यसबीचमा उनलाई लागेको बलात्कारको आरोपमा पेश गरिएका प्रमाणहरु जाली भएको उनका वकिलले बताएका छन् ।

३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तर्वार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ गर्ने बताइएको छ ।

तरपनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिल भेट्न लिस्वन पुगेका थिए । यो भेटपछि पहिलो पटक रोनाल्डोका वकिलले एक स्टेटमेन्ट सार्वजनिक गर्दै काथरीनको डकुमेन्टहरु जाली भएको र सबै प्रमाण डिजिटल रुपमा परिमार्जित गरेको बताएका छन् । ३४ वर्षीय काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन् ।

तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु ‘फेक’ भएको बताएका छन् । रोनाल्डो आफैले पनि यो घटना झुटो भएको बताउँदै आएका छन् । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन् ।