काठमाडौँ, असोज २२ । गएराति भएको फ्रेन्च लिग वान खेलमा पिएसजीले लियोनलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफको ९ औ मिनेटमा पेनाल्टी मार्फत नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुवै टोली १० खेलाडीमा सिमित भए । प्रेसनेल किम्पेम्बे खेलको ३२ औ मिनेटमा रातो कार्ड खाएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो ।
उनले ६१ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६६, ६९ र ७४ औ मिनेटमा एम्बाप्पेले लगातार गोल गरे ।
पीएसजीले ९ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । लियोनको १८ अंक रहेको छ ।
पहिलो हाफको इन्जुरी समयमा टोसेटले रातो कार्ड आएपछि लियोन समेत १० खेलाडीमा सिमित बनेको थियो ।
दोस्रो हाफमा चम्किए काइलियन एमबाप्पे । उनले पिएसजीका लागि चार गोल गरे ।
