काडमाडौ, असोज १६ । संचारकर्मी ऋषि धमलाकी धर्म पत्नी एलिजा गौतमको मुख्य अभिनय रहेको चलचित्र अनुरागको ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु द्वय एलिजा गौतम र समुन्द्र पण्डितलाई देखाईएको छ ।
यस चलचित्रमा किरण दाहालको कथा र राम कुमार केसीको छायाङ्कन, रहेको छ ।
चलचित्र अनुरागमा एलिजा र समुन्द्रका अलावा सरोज खनाल ,रुपा राना , राजाराम पौडेल , शिशिर राना मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, ठिलेंन लामा ,विद्या भट्टराई , दावा लामा लगायतका कलाकारको अभिनय रहेको छ ।
