द भ्वाइस अफ नेपालः ब्याटलको भिडियो बाहिरियो

Avatar photo
Dhadingpost
अशोज ८, २०७५

काठमाडौं, असोज ८ । चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको ब्याटल राउण्ड कौतुहल र तनावपूर्ण बनेको छ ।

हिजो आइतबार राति प्रशारित भएको ब्लाइण्ड अडिसनको अन्तिम एवं १० औं एपिसोडको समाप्ति सँगै अब अब सुरू हुनेछ ब्याटल राउण्ड । जसका लागि स्टेज नै बदलिएको छ । स्टेज मात्रै हैन जजहरूको ड्रेस र कार्यक्रम संचालकको पनि रूप बदलिएको छ ।

किनकी पछिल्लो एपिसोडमा देखाइएको प्रोमो हेर्दा प्रतिस्पर्धी र जजहरूबीच घम्साघम्सी चलेको देखि उदासी, हाँसो ठट्टा र तनाव सबैको मिश्रण देखिन्छ । एकजना प्रतिस्पर्धी रिसाएर स्टेज छाडेर हिडेको देखि जजहरूमा देखिएको तनावले ब्याटल राउण्डप्रति दर्शकको झनै खुल्दुली बढेको छ ।

प्रस्तोता नयाँ पहिरनमा देखिएका छन् । ब्याटल राउण्डको प्रोमो भिडियोमा पहिरन फेरिएको देखिन्छ । ब्लाइन्ड अडिसनका १० एपिसोडमा एकै पहिरन देखिएपनि अब ब्याटल राउण्डमा पहिरन फेरिएको छ । छोटो समयमा सर्वाधिक रूचाइएको टिभि रियालिटी शो द भ्वाइस अफ नेपालका आगामी श्रृङ्खलाहरू थप रोचक हुने अनुमान लगाउन सकिन्छ ।