जापानमा ६.७ तीब्रताको भूकम्प, २० भन्दा बढी बेपत्ता

Avatar photo
Dhadingpost
भदौ २१, २०७५

एजेन्सी, भदौ २१ । जापानको उत्तरी द्वीप होक्काइडोमा बिहिबार ६.७ तीब्रताको भूकम्पको झट्का महसुस गरिएको छ ।

अमेरिकी भूगर्भविद्का अनुसार भूकम्पको केन्द्र होक्काइडोको मुख्य शहर सप्पोरोबाटद ६८ किलोमिटर टाढा दक्षिण पूर्वमा थियो । भूकम्पपछि थुप्रै इलाकामा बिजुली आपूर्ती बन्द भएको छ । सरकारी टेलिभिजन एनएचकेको रिपोर्टमा अत्सुमी शहर नजिकै पहाडी इलाकामा पहिरोपछि १० जनालाई अस्पताल भर्ना गरिएको बताएको छ ।

स्थानीय मिडियाका अनुसार होक्काइडोमा भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी हराइरहेका छन् ।

रेल सेवा रोकियो, एयरपोर्ट पनि बन्द

होक्काइडो इलाकामा रेल सेवा पनि प्रभावित भएको छ । भूकम्पले होक्काइडो र न्यू चिटोस एयरपोर्टमा पनि क्षती पुगेको छ ।

जेबी आँधीका कारण १० जनाको मृत्युः

जापानमा मंगलबार २५ वर्षकै सबैभन्दा शक्तिशाली जेबी आँधी आएको छ । आँधीका कारण १० जनाको ज्यान गएको छ भने एक सय ५० बढी घाइते भएका छन् । यसले १२ लाखलाई प्रभावित तुल्याएको छ ।