पत्रकार विमल प्रधानले गरे आत्महत्या

Avatar photo
Dhadingpost
चैत्र १०, २०७१

BImal_pradhan_397965876ईलाम चैत्र १० गते । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद विमल प्रधानले चियामा प्रयोग हुने किटनाशक विषादी प्रयोग गरेर आत्महत्या गरेका छन्। लामो समय देखि शिक्षण पेशाा अगाल्दै आएका सुर्योदय नगरपालिका आइतबारेको विरेन्द्र माविमा एसएलसीको केन्द्राध्यक्ष रहेका प्रधानले परीक्षा सकेर आफ्नो मुल घर जाने क्रममा बाटोमा विषादी सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जानकारी दिएको छ ।
त्यसपछि फिक्कल स्थित स्वास्थ केन्द्रमा प्राथमिक उपचार गरेर झापाको मनमोहन मेमोरीयल अस्पतालमा पठाएका उनको सोमबार राती मृत्यु भएको प्रहरीले जानकारी दिएका थिए । प्रधानका दुई छोरा र श्रीमती छन्। देशान्तर साप्ताहिकबाट पत्रकारीता थालेका उनले अन्नपुर्ण पोस्‍टमा समेत इलाम सम्वाददाताको रुपमा काम गरेका थिए।