ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गयो

Avatar photo
Dhadingpost
साउन ३१, २०७५

काठमाडौं, साउन ३१ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ ।

अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।

त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।

अफगानिस्तानको सिया समुदाय पटकपटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्रोशमा उनीहरूले कैयनको ज्यान लिइसकेका छन् ।

विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए ।