अमेरीकी राजदूतले नेपाल अब सुन्दर र समृद्ध बन्ने बताइन्

Avatar photo
Dhadingpost
साउन ४, २०७५

काठमाडौं, साउन ४ । प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत एलाइनाले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम भएकोले अब आर्थिक रुपमा समेत समृद्ध बन्ने आधार भएको बताइन् ।

आफ्ना कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेट गरेकी छन् ।

भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजसँग नेपालमा शान्ति प्रक्रिया पूरा हुनुका साथै स्थायी सरकार गठन भइसकेको भन्दै अमेरिकी सरकारको सहयोग र सद्भावको आवश्यक हुने बताए ।

साथै प्रचण्डले राजदूत टेप्लिजले सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए । ‘तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो ।

साथै उनले नेपालको शान्ति प्रक्रिया लगायतका ठूलाठूला चूनौतीहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् ।