एजेन्सी, असार २८ । फिफाले थाइल्याण्डको गुफाबाट निकालिएका बालबालिकाले विश्वकप फुटबल प्रतियोगिताको फाइनल हेर्न नपाउने जनाएको छ ।
यसअघि फिफाका अध्यक्ष जिआनी इन्फान्टिनीले ती बालबालिकालाई विशेष पाहुनाका रुपमा फाइनल अवलोकन गराउने बताएका थिए । तर, अहिले फिफाले उनीहरुलाई फाइनल खेल हेर्नबाट वञ्चित गराउने भएको छ ।
फिफा अध्यक्ष इन्फान्टिनीले स्वास्थ्यका कारण बालबालिकाले विश्वकप फाइनल हेर्न नसक्ने स्पष्ट पारेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।
