काठमाडौं, असार ५ । दिदीहरूसँग नृत्य प्रतियोगिता हेर्न जाँदा सपनालाई पनि सहभागी हुन अनुरोध गरे । सहभागी भएकी के थिइन्, प्रथम बनेर यस क्षेत्रमा जम्ने प्रशस्त आधार खडा गरिन् ।
सपनाकी आफ्नै दाई शसस्त्र प्रहरीमा छन् तर संस्कृतिलाई अग्घोरै मन पराउने । उनैका कारण म्युजिक भिडियोमा अभिनय गर्न पाइन् । त्यसैगरी केही चलचित्रहरूमा पनि अभिनय गरिसकेकी छिन् ।
मगर कथानक चलचित्र मीक डि (आंशु) का मुख्य पात्र नायिका सपना ढेंगा मगरले हालसम्म २ वटा चलचित्रमा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् भने करिब २ दर्जन जति म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।
पछिल्ला दिनहरूमा ब्युटिपार्लरको तालिमसमेत लिइरहेका सपनाले कलासँग सम्बन्धित क्षेत्रहरूमा नै काम गरेर बिताउने योजना बताइन् ।
