हिलोमा किसान सँग रमाउँदै कृषि हाकिम (रोपाईको फोटो समेत)

Avatar photo
Dhadingpost
असार १५, २०७४

धादिङबेसी असार १५ । जिल्ला कृषि विकास कार्यालय धादिङले दुई बली धान खेतीको विस्तार आर्थिक समृद्धिको विस्तार नारा दिएर १४ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ ।

नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङ कमेरे दुर्गा प्रसाद कोइरालाको खेतमा रोपाइ गर्दै यसपालीको धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको हो ।

किसानहरुको विशेष दिका रुपमा लिइने आज १५ असारको अवसरमा आयोजित उक्त महोत्सवमा जिल्ला कृषि विकास कार्यालय धादिङका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटा किसान सँगै हिलोमा रमाउँदै महोत्सवमा सहभागि थिए ।

धादिङ जिल्लामा वार्षिक ३७ हजार ९ सय ६७ मेट्रिक टन वर्षे धान र ७ हजार ५ सय मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ ।