विप्लव नेतृत्वको नेकपा धादिङको कडा विज्ञप्तीका बीच उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
बैशाख १९, २०७४

धादिङ बैशाख १९ । विप्लव नेतृत्वको नेकपा धादिङले आज बिहान विज्ञप्ती जारी गर्दै उम्मेदवारी दर्ता नगर्न उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।
जिल्ला सेक्रेटरी प्रमोदले विज्ञप्ती जारी गर्दै यो स्थानीय चुनाव भनेर नाम दिइएपनि यो दलालहरुले इजाजत पत्र लिन खोजेका हुन् यो जनपक्षिय सेवभाव बाट गराउन लागिएको होइन त्यसैले उम्मेदवारी नदिन सबैलाई आग्रह गरेका थिए ।

विज्ञप्तीका वावजुत पनि कसैले उम्मेदवारी दिए भविस्यमा आउने संस्कटमा स्वयम जिम्मेवारी रहने समेत विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीको वास्ता गरिएन दलहरुले उम्मेदवार दर्ता गराएका छन् ।