नयाँ शक्ति र फोरम बीच हुने भनिएको एकता भाँडियो

Avatar photo
Dhadingpost
बैशाख १०, २०७४

काठमाडौं, वैशाख १० । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ ।

स्रोतका अनुसार वैशाखको पिहलो साताभित्र दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो। एक सातापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब करिब सहमति जुटिसकेको थियो। तर अध्यक्षका लागि भने सहमति जुट्न सकेन ।

स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताहरूले एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको नेताको रूपमा स्वीकार गर्न सकिने अडान राखेका थिए। तर नयाँ शक्तिका नेताहरूले पूर्वप्रधानमन्त्रीसमेत भइसकेका भट्टराई पहिलो स्थानको नेता हुनुपर्ने र दोस्रो स्थानमा यादव हुनुपर्ने अडान राखेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।