ठमेलमा सोलार बत्ति जडान सुरु हुने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १८, २०७१

aकाठमाडौ पुस १८ । ठमेल क्षेत्रमा आउने पर्यटक र व्यवसायीक सुरक्षालाइ मध्यनजर गर्दै नयाँ वर्ष देखि सडकमा सोलार बत्ति जडान सुरु हुने भएको छ । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को पहलमा स्थानीय व्यवसायी, वित्तिय संस्था तथा केही पर्यटकीय संस्थाको आर्थिक सहयोगमा पहिलो चरणमा दुइ सय वटा सोलाबती जडान परिषद्ले जानकारी दिएको छ ।
देशमा बढ्दो लोडसेडिका कारण रात्तको समयमा ठमेलको भ्रमण गर्ननै असहज हुने गरेको कारण ठमेललाइ चौविसै घण्टा उज्यालो पार्न बत्ति जडान गर्न लागिएको अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो । ठमेलका भित्रि र बाहिरि दुबै क्षेत्रमा बत्ति जडान गर्ने उहाँले जानकारी दिनुभयो । बत्ति जडान भएपछि पर्यटक र व्यवसायीले पनि निर्वाध हिडडुल र व्यवसाय संचालनमा सहयोग पुग्ने छ, अध्यक्ष थपलियाले भन्नुभयो, ठमेलमा हुने अन्य घटनाहरु समेत रोकिने छ । त्यस्तै परिषद्ले ठमेल आसपासको सडक निर्माणलाइ समेत तिव्रता दिएको समेत अध्यक्ष थपलियले जानकारी दिए । ठमेल वरपरका क्षेत्रहरुलाइ समेत व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु बनाएर काम समेत परिषद्ले सुरु गरेको छ ।
परिषदले नयाँ वर्ष १०१५ को अवसरमा ठमेलमा विशेष कार्यक्रमको समेत आयोजना गर्न लागेको छ । कार्यक्रमको समुद्घाटन उपप्रधान तथा स्थानीय विकसा मन्त्री प्रकाशमान सिंहले गर्ने छन् ।