धादिङमा पत्रकारको चुनाव आज युनियन र सेन्टरको संयुक्त प्यानल

Avatar photo
Dhadingpost
फाल्गुन १७, २०७३

धादिङ फागुन १७ । पत्रकार महासंघ धादिङ शाखाको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर बीच तालमेल हुने भएको छ ।

धादिङमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले आज हुने पत्रकार महासंघ धादिङ शाखाको निर्वाचनको लागि आ आफ्नो उम्मेदवारी सार्वजनिक गरेको थिए, तर अन्तिम समयमा आएर युनियन र सेन्टरले संयुक्त प्यानल बनाएर जाने निर्णय गरेका हुन् ।

यस्तो छ भाग बन्डा

पदाधिकारी
अध्यक्षः प्रेस युनियन
प्रत्यक्ष उपाध्यक्षः प्रेस सेन्टर
महिला उपाध्यक्षः प्रेस युनियन
सचिवः प्रेस सेन्टर
प्रत्यक्ष सचिव सह सचिवः प्रेस युनियन
समावेशी सहसचिवः प्रेस सेन्टर
कोषाध्यक्षः प्रेस सेन्टर
सदस्यः ४ प्रेस युनियन
सदस्यः ४ प्रेस सेन्टर

सोमबार राती अबेर सम्म जारी दुई संगठनले गरेको सहमति अनुसार सबै संगठनहरुको सहमतिमा महासंघको नेतृत्व चयन गर्ने ढोका खुल्ला राख्दै सर्व सहमति भएको खण्डमा प्रेस सेन्टरका रमेश आचार्यलाई अध्यक्ष बनाउने र मतदान भएको खण्डमा प्रेस युनियनका पोषनाथ अधिकारीलाई सेन्टरले अध्यक्षमा सहयोग गर्ने गरि दुई संगठन बीच सहमति भएको बताईएको ।