गोपाल फ्युवा तामाङ
धादिङ दार्खा माघ ३ । म्हन्दङको संरक्षण, संवर्धन र विकासको लागि गठित म्हन्दङ संरक्षण समाजले द्दडडघ औ ज्य ल्होछारको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।
माघ ७ गते सत्यदेवी स्रोतकेन्द्र भरका सबै विद्यालयका आधारभूत तहका विद्यार्थीहरू बिच हाजिरी जवाफ प्रतियोगिता हुने भएको समाजका सचिव विमल तामाङले जनाए ।
ऐतिहासिक महत्वको स्थान म्हन्दङ सॅग आसपासका तामाङहरूको इतिहास जोडेको पाइन्छ । म्हन्दङ सेर्की लुम्बु यानेकी म्हन्दङ सुन्दर स्थान भनि पुज्ने गरिन्छन् ।
हाजिरी जवाफमा ज्ञान विज्ञानका प्रश्नहरूका साथै तामाङ चालचलन प्रचलन संस्कार र संस्कृतिसॅग सम्बन्धित रहनेछन् ।
हाजिरी जवाफको माध्यमबाट ज्ञान हस्तान्तरण गर्ने यस प्रकारको कार्यक्रमका सह आयोजकमा विद्यालयका वालक्लव रहेको छ । विजेता समूहलाई म्हन्दङ संरक्षण समाजले आकर्शक पुरस्कार र प्रमाण पत्र दिइनेछ ।
