बाल दिवसको अवसरमा किराञ्चोकमा वक्तृत्वकला सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २९, २०७३

विक्रम अधिकारी

धादिङ भदौ २९

kiranchok

सम्वद्र्धन बालअधिकारको , कार्यान्वयन संविधानको भन्ने मूल नाराको साथ आज राष्ट्रिय बालदिवस देशभरी विभिन्न कार्यक्रम गरी मनाएका छन । यसै सन्दर्भमा धादिङको किरान्चोक आठ स्याङ्ग्मै डाडामा रहेको श्री पन्चकन्या आधारभूत विद्यालयमा निमावि स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार आज को आवश्कता भन्ने बिषयमा भएको बक्तृत्व कला प्रतियोगितामा
विद्यलायका कक्षा सातका सबिन श्रेष्ठ प्रथम, कक्षा आठ कि प्रमिला भण्डारी द्धितीय, कक्षा सात का आशिष श्रेष्ठ तृतीय र कक्षा छ का सबिन चेपाङ सान्त्वना भएका छ्न।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना  बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीद्धारा पुरस्कृत गरिएको थियो।बिद्यालयमा गठित सगरमाथा बाल क्लब को आयोजना फोकस नेपाल र शेभ द चिल्ड्रेन को सहयोगमा सम्पन्न भएको  हो ।

यसैगरी बाल दिवसको अबसर पारेर किरान्चोक नौ डाडागाउमा रहेको किरान्चोक कटुन्जे माध्यामिक विद्यालयमा पनि विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा विद्यार्थीहरुले वालदिवससँग सम्बिन्धित गित, गजल, कबिता लगायत विविध प्रतिभा सहित साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।