टि–२० क्रिकेटमा अस्ट्रेलियाले रच्यो विश्व कीर्तिमान

Avatar photo
Dhadingpost
भदौ २२, २०७३

धादिङ भदौ २२

crivcket

अस्ट्रेलियाले टि–२० क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ। घरेलु श्रीलंकाविरूद्ध उसैको मैदानमा भइरहेको टि–२० खेलमा ३ विकेट गुमाएर अस्ट्रेलियाले २ सय ६३ रनको विशाल योगफल तयार पारेको हो।

टि–२० अन्तर्राष्ट्रिय खेलमा यसअघि सर्वाधिक रन बनाउने कीर्तिमान श्रीलंकाको नाममा थियो। सन् २००७ मा श्रीलंकाले केन्याविरूद्ध सर्वाधिक २ सय ६० रन बनाएको थियो। अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले ६५ बलमा अविजित १ सय ४५ रन बनाएपछि अस्ट्रेलिया विशाल योगफलतर्फ लम्किएको थियो।

इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा कीर्तिमानी ४ सय ४४ रन बनाएको ८ दिनपछि अस्ट्रेलियाले पनि नयाँ कीर्तिमान कायम गरेको हो।