धादिङका सन्दीप स्याम्चेन तामाङ र प्रदीप अधिकारी जनकलाकार संघ नेपालको केन्द्रीय नेतृत्वमा चयन

Avatar photo
Dhadingpost
साउन १०, २०८३

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट जनकलाकार संघ नेपालको केन्द्रीय समितिमा धादिङका दुई कलाकार चयन भएका छन् ।

काठमाडौंस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न जनकलाकार संघ नेपालको राष्ट्रिय सम्मेलनबाट धादिङका मेहोन्दोमाया गायक तथा संगीतकार सन्दीप स्याम्चेन तामाङ केन्द्रीय सदस्य तथा सचिवालय सदस्यमा चयन भएका छन् । त्यसैगरी वरिष्ठ वाद्यवादक तथा धादिङका स्रष्टा–सर्जक प्रदीप अधिकारी केन्द्रीय सदस्यमा चयन भएका छन् ।

सम्मेलनले देशभरका कलाकारलाई एकताबद्ध गर्ने उद्देश्यसहित १५१ सदस्यीय केन्द्रीय समिति तथा १९ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।

धादिङका दुई कलाकार केन्द्रीय नेतृत्वमा चयन हुनु जिल्लाको कला–सांस्कृतिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय कलाकारहरूले यसले धादिङको सांगीतिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा अझ सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।