बागमती कपमा धादिङका सुमन घलेले जिते स्वर्ण

Avatar photo
Dhadingpost
असार ४, २०८३

धादिङ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो प्रतियोगितामा धादिङका सुमन घलेले स्वर्ण पदक जित्दै जिल्लालाई महत्वपूर्ण सफलता दिलाएका छन् ।

५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका घलेले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक आफ्नो नाममा पार्न सफल भएका हुन् ।

यसैगरी, एथलेटिक्सअन्तर्गत ज्याभलिन थ्रोमा सिर्जना श्रेष्ठ र ऋतिक बस्यालले रजत पदक जितेका छन् । हाई जम्पतर्फ धादिङका रोजन श्रेष्ठले कास्य पदक हात पार्दै जिल्लाको पदक सङ्ख्या थपेका छन् ।

बागमती प्रदेशस्तरीय प्रतियोगितामा धादिङका खेलाडीहरूले विभिन्न विधामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने क्रमलाई कायम राखेका छन् । खेलाडीहरूको सफलताले जिल्लाको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको छ ।