एमालेद्वारा धादिङ क्षेत्र नं. १ मा सात आकांक्षी उम्मेदवारको नाम सिफारिस

Avatar photo
Dhadingpost
पुस १९, २०८२

धादिङ । नेकपा (एमाले) ले धादिङमा आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ।

शुक्रबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको दोस्रो पूर्ण बैठकले दीपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया, मिनराज कडेल, कपिल अधिकारी, भूमि त्रिपाठी र कमला शर्माको नाम सिफारिस गरेको हो।

सिफारिस भएका उम्मेदवारमध्ये भूमि त्रिपाठी २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग ७ हजार ९८१ मतान्तरले पराजित भएका थिए।

एन्फाका केन्द्रीय उपाध्यक्ष समेत रहेका दीपक खतिवडा युवामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् भने मिनराज कडेल र जगन्नाथ नेपाल एमाले धादिङका संस्थापक नेताका रूपमा चिनिन्छन्।

एमालेले संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको जनाएको छ।