
काठमाडौं । च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको महाधिवेशन आज राजधानीमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गर्दै संघको नेतृत्व परिवर्तन गरेको हो।
समितिका अनुसार जिल्लामा च्याउ उत्पादन, प्रविधिको विकास, किसानमैत्री कार्यक्रम तथा बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ।
महाधिवेशनबाट धादिङ स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरीमा च्याउ व्यवसाय गर्दै आएका प्रदिप तामाङ सर्वसम्मतरूपमा जिल्ला अध्यक्षमा चयन भएका छन्।
त्यसैगरी अन्य पदाधिकारीहरू यसप्रकार छन्—
- उपाध्यक्ष : केपी लिम्बू
- सचिव : राज खड्का
- उप–सचिव : मोहन मगराती
- कोषाध्यक्ष : प्रकाश वोगटी
सदस्यहरू : सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ, रबिन गौतम
(२ जना महिला सदस्य पछि मनोनयन गर्ने निर्णय गरिएको छ।)
समितिका अनुसार नयाँ नेतृत्वले प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ तथा कम्पोस्ट उपलब्धता, बजार समन्वय, युवा तथा महिला सहभागिता वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउनेछ।
संघले कृषि क्षेत्रमा उद्यमशीलता र सीप विकासमार्फत किसानको आय वृद्धि तथा व्यवसायिक च्याउ उत्पादनलाई प्रोत्साहन दिने लक्ष्य राखेको जनाएको छ।
