विश्व बाल दिवस आज विश्वभर मनाइँदै

Avatar photo
Dhadingpost
मंसिर ४, २०८२

धादिङ । आज विश्वभर विश्व बाल दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि हरेक वर्ष नोभेम्बर २० का दिन यो दिवस मनाउने गरिएको छ। बालबालिकाका अधिकार, संरक्षण, शिक्षा, स्वास्थ्य र समग्र विकासप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९५४ नोभेम्बर २० मा विश्व बाल दिवस मनाउन प्रारम्भ गरेको हो।

संयुक्त राष्ट्रसंघले प्रत्येक देशका बालबालिकाको आधारभूत आवश्यकता सुनिश्चित गर्दै उनीहरूलाई खुसी, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्न राष्ट्रहरूलाई दायित्व सम्झाउने लक्ष्य राखेको छ। यसै सन्दर्भमा, विश्व बाल दिवसका अवसरमा विभिन्न विद्यालय, स्थानीय सरकार तथा सामाजिक संस्थाहरूले बालमैत्री कार्यक्रम, सचेतना अभियान र विविध गतिविधिहरू गर्दै आएका छन्।

विश्व बाल दिवस २०२५ को नारा “My Day, My Rights” रहेको छ।
यस नाराले बालबालिकाको दिनलाई मात्र होइन, उनीहरूको अधिकार, अनुभव, आवाज र पहिचानलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
“म मेरो दिन, मेरो अधिकार” भन्ने भावनासहित बालबालिकाले सशक्त ढंगले आफ्नो अभिव्यक्ति दिन पाऊन्, उनीहरूको जीवनमा प्रभाव पार्ने हरेक निर्णयमा उनीहरूको आवाज सुन्नुपर्छ भन्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।