धादिङमा २ किलो अवैध लागूऔषधसहित दुई युवक पक्राउ

Avatar photo
Dhadingpost
अशोज २६, २०८२

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ धार्केबाट करिब २ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड र नगद ४० हजार ४ सय ६५ रुपैयाँ सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–८ बाघबैलेका २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राजकुमार लोप्चन रहेका छन्।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको टोलीले शनिबार दिउँसो बा–प्र–०२–०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।