नेपालले आज नेदरल्यान्ड्ससँग खेल्ने

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २८, २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

लिग–२ को आफ्नो चौथो चरणको शृङखलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको नेपाल अस्ति आइतवार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुगेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म छ वटा एकदिवसीय खेल भएको छ । जसमा समान नेपालले तीन र नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।

नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड,क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । नेपाल १५ खेलमा १० अङ्कसहित लिगको सातौं स्थानमा छ ।