
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले हार्न पुगेपनि थप रेकर्ड भने कायम गरेको छ ।
घरेलु टोली ३२४ रनको लक्ष्य दिएकोमा नेपालले ३२१ रन बनायो यो खेल नेपालले हार्न पुगेपनि एकदिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनायो । दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि शतकीय साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए ।
यसअघि नेपालले सन् २०२३ मा कीर्तिपुरस्थित त्रिवि विश्व विद्यालय मैदानमा ओमानविरुद्ध ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।