
धादिङ । दोलखामा शनिबारबाट सुरुभएको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धादिङका लागि एथलेटिक्स ज्यावलिङ्ग थ्रोमा सिर्जना श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार सिर्जना श्रेष्ठले प्रदेशमा गोल्ड जिते सँगै प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी छिन् ।