धादिङको यू-१९, टी-२० क्रिकेट नीलकण्ठले जित्यो

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १८, २०८२

धादिङ । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा जेष्ठ १५ देखि धादिङबेसीमा जारी अन्तरपालिका स्तरीय यू १९, टी २० क्रिकेट प्रतियोगिता बेनीघाट रोराङलाई पाजित गर्दै नीलकण्ठ नगरपालिकाले जितेको छ ।

टर हारेर व्याटिङमा उत्रिएको नीलकण्ठले ७ विकेटको क्षेतिमा दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको बेनीघाट रोराङले सबै विकेटको क्षेति सँगै ९७ रनमा रोकिँदा नीलकण्ठ नगरपालिका च्याम्पियन भएको हो ।

ब्यक्तिगत रुपमा नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा ६१ रनजोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए । बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।


१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो । बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो । मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए । बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी नीलकण्ठका सन्दिप श्रेष्ठ, उत्कृष्ट बलरमा नीलकण्ठ कै आयुष भट्ट, उत्कृष्ट ब्याटरमा बेनीघाट रोराङका श्रीजन पाण्डे र उदयमान खेलाडीमा बेनीघाट रोराङका १२ वर्षिय अनमोल पाण्डे घोषित भएका थिए ।

प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतियोगीतालाई ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि नीलकण्ठ नगरपालिकाले मुख्य सहयोग गरेको थियो । त्यस्तै अन्तराष्टिय धादिङ समाज भारत शाखा र फिनल्याण्ड शाखाले क्रमशः नगद रु २० हजार र १५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए । त्यसैगरि धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी र धादिङवेशी स्थित कैलाश हार्डवेयरका प्रोपाइटर अनिल केसीले ब्यक्तिगत रुपमा नगद सहयोग गरेका थिए ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनीघाट रोराङका पालिका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक), विशेष अतिथि नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।