
धादिङ । धादिङबेसीमा जारी यू–१९, टी–२० अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा लिग चरणका तीन खेलहरु आज सकिएको छ । खेल तालिका अनुसार आज ४ खेल हुने भनिएपनि गएराति पानी पर्दा मैदानमा पानी जमेकाले खेल दिउँसो १२ बजेबाट सुरुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङद्वारा उद्घाटन भएको यस प्रतियोगितामा आजको पहिलो खेल गल्छीले बेनीघाट रोराङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नीलकण्ठले सिद्धलेकलाई र तेस्रो खेलमा थाक्रेले गल्छीलाई पराजित गरेको थियो ।
लिग चरण अन्तरगत भोली जेष्ठ १६ गते बिहान ७ बजे गजुरी र नीलकण्ठ बीच, थाक्रे र बेनीघाट रोराङको खेल ९ः३० बजे र लिग चरणको अन्तिम खेल गजुरी र सिद्धलेक बीचका १ बजे हुने क्याड धादिङका अध्यक्ष दिपेश कडेलले धादिङपोष्टलाई बताए ।
कडेलका अनुसार मौषमले साथ दिए भोली नै पहिलो सेमिफाईनल खेल हुने छ भने दोस्रो सेमिफाईनल र फाईनल खेल जेष्ठ १८ गते हुने छ ।