
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित वालादेवी माविका विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रममा व्यस्त छन् ।
हामीले २०८० बाटै पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा सुरु गरेका हौं त्यो बेला सयपत्री र मखमली फुल खेती गरेका थियो । गत साल देखि फूल खेती सँगै तर्बुजा खेती गर्दै आएको वालादेवी माविका सहायक प्रधानाध्याक तथा सूचना अधिकारी कृष्ण प्रसाद काप्रीले धादिङपोष्टलाई बताए ।
हाल ३२ रोपनी जमिन विद्यालयको मातहतमा छ तर हामीले १३ रोपनीमा फूल खेती र ९ रोपनीमा तर्बुजा खेती गरिदै आएको उनले बताए । मल्चिङमा विद्यार्थीहरुको श्रम प्रयोग गरिएन बाहिरी श्रमशक्ती प्रयोग भयो भने अन्य काम विद्यार्थीहरुले नै गरेको उनी बताउँछन् ।
यस पटकको तर्बुजा १३ गतेबाट बजार पठाउन थालिएको हो । ३०० केजी बेचियो होला अन्दाजी यो साल ४ टन खर्बुजा बजार पठाईने उनको अनुमान छ ।
यसबाट आएको आम्दानी विद्यार्थीहरु कै लागि खर्च गरिदै आएको छ विद्यार्थीको बाल क्लव छ, क्लव मार्फत विद्यार्थीहरु काममा परिचालित हुन्छन् । सिपबाट शिक्षण अनि आम्दानी विद्यार्थीले रुची देखाउने गरेको उनले बताए ।