धादिङका विकास अधिकारी राखेपको युवा परिषदमा मनोनित

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २०, २०८२

धादिङ । धादिङ गजुरी गाउँपालिकाका विकास अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ को उपदफा (१) को खण्ड (ट) बमोजिम राष्ट्रिय युवा परिषद्को सदस्य पदमा मनोनित गरेको छ ।

अधिकारी नेपाली कांग्रेस सँग आवद्ध छन् । उनीलाई हालको सत्ता गठबन्धन सरकारका तर्फबाट खेलकुद मन्त्रालयले मनोनित गरेको हो ।

परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीरकण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय¸ सहकार्य र सहजीरकण गर्ने काम समेत गर्दछ । यसका शाखाहरु सबै जिल्लाहरुमा जिल्ला युवा समितिका कार्यालयहरु रहेका छन् ।