नीलकण्ठ नगरपालिकाको स्थापना दिवसमा खेलकुद प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १८, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले गत वर्ष जस्तै मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै नीलकण्ठ नगरपालिका गठनको वार्षिक उत्सव मनाउने भएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ साल वैशाख २५ गतेको निर्णय अनुसार नीलकण्ठ नगरपालिका गठन भएको थियो उक्त दिनलाई नीलकण्ठले स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको अवसरमा हुने खेलकुदहरु
२०८२ वैशाख २३ गते
१. नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता (दिनको ७:०० वजे )
२. नीलकण्ठ नगरपालिका र जिल्ला क्रिकेट संघ, धादिङ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता ( विहानको ८:०० वजे )
२०८२ वैशाख २४ गते
१. नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी वीच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता ( विहान ७:०० बजे)
२. नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी वीच बुद्धिचाल प्रतियोगिता (दिनको २:०० बजे)