मुनाल एकेडेमीद्वारा विद्यार्थीलाई दीक्षित

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १५, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का केन्द्रिय सदस्य एवम् प्रिन्सिपल रमेश कुमार श्रेष्ठ रहेका गजुरी स्थित मुनाल एमेडेमीले पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

विद्यालय संचालक समिति अध्यक्ष शुक्ल बहादुर उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा प्रिन्सिपल श्रेष्ठले मुनाल एकेडेमी गाउँपालिकाकै उत्कृष्ट बिद्यालय रहेको र अझै गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

२०६१ सालमा स्थापना भएको मुनाल एकेडेमीमा हाल कक्षा १० सम्म संचालनमा रहेको छ । यस विद्यालयमा ८ सय भन्दा बढि बिधार्थी अध्ययनरत रहेका छन् भने ५० जना शिक्षक अध्यापनरत छन् ।