वाईसीएल थाक्रेको अध्यक्षमा सानुकान्छा तामाङ चयन

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १३, २०८२

धादिङ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) थाक्रे गाउँपालिकाकाे तेस्रो सम्मेलन तथा बृहत युवा भेलाबाट अध्यक्षमा सानुकान्छा तामाङ चयन भएका छन् ।

सम्मेलनले वाईसीएल थाक्रेको उपाध्यक्षमा शंकर तामाङ, रामबहादुर तामाङ (रामसिंह) र सन्देश अर्याल, सचिव विजय तामाङ, सहसचिवमा पार्वती कार्की तामाङ र काेषाध्यक्षमा मनिका आलेमगरलाई चयन गरेकाे छ ।

नेकपा (माओवादी केन्द्र) धादिङका सचिव दिपक लामिछाने (सुबाेध) काे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलमा, नेकपा (माओवादी केन्द्र) थाक्रेका इन्चार्ज हरि डल्लाकोटी, थाक्रेका सह ईन्चार्ज जिन्दगी थापा, वडा अध्यक्ष हिरा बहादुर थापा लगायतको आतिथ्यता रहेकाे थियाे ।