
धादिङ । ज्वालामुखी गाउँपालिकाको २० लाख नगद र र सहयोगीहरुसंग चन्दा उठाएर नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको पार्टी कार्यालय (विपि स्मृति भवन) निमार्ण सुरु भएको छ ।
नेपाली कांग्रेस धादिङका सभापती एवम् नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विहिवार एक विशेष समारोका बीभ उक्त भवन शिलान्यास गरेका थिए ।
सरकारी बजेट पार्टी कार्यालय निमार्ण गर्ने भनेर सिधै हाल्न नपाउने भएपछि कांग्रेसले विपि स्मृति भवन, एमालेले मदन आश्रित स्मृति भवन र माओवादी केन्द्रले सहिद स्मृति भवनका नाममा सरकारी बजेट विनियोजन गरि जिल्ला पार्टी कार्यालयहरु खडा गरिसकेका छन् । अब पालिका कार्यालय पनि स्मृति भवनका नाममा वजेट विनियोजन गर्न लगाएर पार्टी कार्यालयहरु निमार्ण गर्न सुरु भएका छन् ।