
धादिङ । नुवाकोटको म्यागङ गाउँपालिकाले सामरीभञ्ज्याङमा आयोजना गरेको राष्ट्रव्यापी अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता (तेस्रो संस्करण) को धादिङको खनियाबास गाउँपालिकाको टिम सेमिफाईनल पुग्न सफल भएको छ ।
धादिङकाे खनियाबास टिम
शिरीष तामाङ
मिलन घले
बुद्धिमान गुरुङ
प्रकाश तामाङ
प्रदिप तामाङ
मुक्ती तामाङ
पवन तामाङ
रोहन तामाङ
पारस तामाङ
भाेली बैशाख ११ गते बिहान १० बजे धादिङको खनियाबास गाउँपालिकाकाे टिमले चापाकोट न पा स्यङ्जा सँग खेल्ने लिलाबहादुर तामाङले धादिङपाेष्टलाई बताए ।
प्रतियोगिताकाे प्रथम पुरस्कार ३लाख ३३ हजार ३३३, दोश्रो पुरस्कार २ लाख २२ हजार २२२ र तेश्रो पुरस्कार १ लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेकाे छ ।