
काठमाडौं । ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण अन्योलमा छ । शिक्षामन्त्रीको राजीनामापछि पेचिलो भनेको शिक्षक आन्दोलनबिच परीक्षा हुन्छरहुँदैन निश्चित छैन ।
राष्ट्रिय परीक्षा बोर्डले यसबारे छलफल गर्न मंगलबार (आज) बिहानका लागि बोर्ड बैठक राखेको छ ।
‘बोर्डले एक्लै परीक्षा सञ्चालन गर्न सक्दैन, यसबारे छलफलका लागि मंगलबार बोर्ड बैठक राखिएको छ, त्यसमा शिक्षासचिवलगायतको सहभागिता रहन्छ,’ उनले भने, ‘तोकिएको समयमा परीक्षा चलाउन सक्ने वा नसक्ने निर्णय त्यही बैठकमा हुन्छ ।’