धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल गङ्गाजमुनाको दोस्रो अधिबेशनबाट अध्यक्षमा केसर घले चयन भएका छन् । शनिबार सम्पन्न उक्त अधिबेशनले उपाध्यक्षमा लक्ष्मण सुवेदी र सचिवमा अन्कित गुरुङलाई चयन गरेको छ ।