
धादिङ । नेपाली काँग्रेसकाे युवा संगठन तरुण दल नीलकण्ठ नगरपालिकाकाे पाँचौ अधिबेशनबाट अध्यक्षमा राजाराम अधिकारी चयन भएका छन् ।
आज वि. पि. स्मृति प्रतिष्ठानकाे हलमा जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीकाे संयाेजनमा सम्पन्न उक्त अधिबेशनबाट उपाध्यक्षमा युवराज पाेखरेल र साेमती तामाङ, सचिवमा हरिसारु मगर सह सचिवमा कुमार श्रेष्ठ चयन भएका छन् ।
अधिवेशन उद्घाटन समाराेहका प्रमुख अतिथि एवम् नीलकण्ठ नगरपालिकामा मेयर भीम प्रसाद ढुङ्गानाले नेपाली काँग्रेसकाे मुख्य अंग तरुण दल भएकाे र युवाहरु नै भाेलीकाे पार्टी नेतृत्व हुने हुँदा पार्टीकाे आदर्शमा एकतावद्ध भई काम गर्न आग्रह गरेका थिए ।