नीलकण्ठ नगपालिकाद्वारा कक्षा ८ को वार्षिक परिक्षाफल प्रकाशन

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ३, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगपालिकाले पालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षाफल प्रकाशन गरेको छ ।

३८ विद्यालयबाट १ हजार १३८ जना विद्यार्थीहरु परिक्षामा सहभागी थिए जसमा १ हजार ०८५ जा विद्यार्थी उत्तिर्ण भएका छन् । नगर शिक्षा कार्यालयका मेघनाथ कोईरालाका अनुसार नीलकण्ठ बालमन्दिर माविबाट ३ जना सहित ५ जनाले ४ जिपिए ल्याएका छन् भने २६ वटा विद्यालयका परिक्षार्थीहरु शत प्रतिशत उतिर्ण भएका छन् ।

४ जिपिए ल्याउने ५ जनामा नीलकण्ठ बालमन्दिर माविबाट विज्ञ श्रेष्ठ, बिमल श्रेष्ठ र ईशा थापा, चिल्ड्रेनपार्क बोर्डिङबाट आयुष्मा मरहठ्ठा यस्तै धादिङ बोर्डिङबाट वर्षा श्रेष्ठ रहेका छन् ।