
धादिङ । बेनीघाट राेराङ गाउँपालिकाका खेलाडीहरुले आजज जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङलाई भेट गरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता यथाशिघ्र छिटाे भन्दा छिटाे गर्न माघ गरेका छन् ।
अध्यक्षलाई भेट्न कार्यालय मै पुगेका उनीहरुले कबड्डीलाई बुझ्ने अध्यक्ष पाएरपनि आशा अनुरुप कबड्डीलाई सहयाेग नपाएकाे गुनासाे गरेका थिए ।
उनीहरु सँग छलफल गर्दै अध्यक्ष तामाङले धादिङका प्रमाेद श्रेष्ठ कबड्डीकाे राष्ट्रिय खेलाडी बन्नु जिल्ला कै गाैरव भएकाे । राष्ट्रपति रनिङ शिल्डकाे मिति अब केही दिन मै ताेकिने र श्राेत साधनकाे अभाव भएपनि अन्य खेललाई जत्तिकै आफुले कबड्डीलाई दिएकाे बताएका थिए ।






























