धादिङ जिल्ला स्तरीय महिला कबड्डी भोली देखि

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २८, २०८१

धादिङ । धादिङबेसीमा भोली (चैत ३०) र ३१ गते हुने प्रथम जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको धादिङ कबड्डी संघका अध्यक्ष रत्नेशकुमार यादवले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा आयोजक धादिङ कबड्डी संघ, बेनीघाट रोराङ कबड्डी क्लब, बेनीघाट रोराङ गाउँपालिका, थाक्रे कबड्डी क्लब र धादिङ टाइटान्सले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतासिंहले उद्घाटन गर्ने जनाईएको छ ।

विजेताले प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार १५ हजार यस प्रतियोगितामा प्रत्यक गेमको उत्कृष्ट खेलाडीलाई इको वेरले हौसला स्वरुप १ हजारले सम्मान गर्ने भएको छ ।