चिसापानी कप यू १७ फुटबल सुरु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २६, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानीमा आजबाट प्रथम चिसापानी यू १७ पुरुष फुटबल प्रतियोगिता सुरुभएको छ ।

२१ टिम सहभागी उक्त प्रतियोगिताको आज एक विशेष समारोहका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रमुख अतिथि प्रताप सिं तामाङले गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले खेलकुदमा युवा आकर्षण बढ्दो छ यो आकर्षणलाई बचाई राख्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

प्रतियोगिताको आयोजना गणेशकुण्ड मैत्री युवा समाजले गरेको हो ।