
धादिङ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तरराष्ट्रीय धादिङ समाज को सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताकाे तयारी तिब्र पारिएको छ ।
२०८२ बैशाख २५ देखी २७ गतेसम्म धादिङबेसीमा हुने उक्त प्रतियाेगितामा प्रदेश भरिबाट १२०० खेलाडीहरु प्रतिस्पर्धा गर्ने अनुमान गरिएको जय नेपाल स्पाेर्टसका अध्यक्ष अनिश अधिकारीले बताए ।
प्रतियोगिताको विजयी टिमलाई १ लाख उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने उतकृष्ट महिला र पुरुष खेलाडीलाई नगद रु १०/१० हजार पुरस्कार दिइने बताएको छ ।
निम्न ताैल समूहका खेलाडीले भाग लिन पाउने
पुरुष तौल समूह: १०-२० के.जी, २०-२४ के.जी, २४-२८ के.जी, २८-३२ के.जी, ३२-३६ के.जी, ३६-४० के.जी, ४२-४५ के.जी., ४५-४८ के.जी., ४८-५१ के. जी, U-५४ के.जी, U-५८ के.जी, U-६३ के.जी
महिला तौल समूह: २४-२८ के.जी, २८-३२ के.जी, ३२-३६ के.जी, ३६-३९ के. जी, ३९-४२ के. जी ४२-४४ के. जी, U-४६ के. जी, U-४९ के. जी, U-५३ के. जी, U-५७ के. जी, U-६३ के. जी
प्रतियोगिता को उत्कृष्ट महिला खेलाडीले Heartland Academy Centre For Women बालाजुमा कक्षा ११ र १२ फुल स्कलरसिप, जेहेन्दार २ महिला खेलाडीलाई ७५ प्रतिशत छुट र अन्य ५ जना महिला खेलाडीहरुई ५० प्रतिशत छुटमा अध्यनको अवसर प्रदान गरिनेछ भने खेलवधीभर सम्पुर्ण खेलाडीलाई आयोजकले बिहान र बेलुकी खानाको व्यवस्था गर्ने भएकाे छ ।




















