राईजिङ स्टारद्वारा परिक्षाफल प्रकाशन सँगै पुरस्कार वितरण

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २२, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा रहेको राईजिङ स्टार बोर्डिङ स्कुलले विद्यार्थीको वार्षिक परिक्षाफल प्रकाशन सँगै पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।

धादिङ उद्योग वाणिज्य संघका दक्षिण क्षेत्रीय अध्यक्ष उमेश रुवालीको प्रमुख आतिथ्यतामा भएको उक्त नतिजा प्रकाशन कार्यक्रममा प्रिन्सिपल टिका थपलियाले हामी उत्कृष्ट नतिजा ल्याउन विद्यालयको सूचिमा पर्दछौं । यसलाई अझै राम्रो नतिजा दिने प्रयासमा रहेकाले आफ्ना नानीबाबुहरुलाई निर्धक्क भएर राईजिङ स्टारमा पढाउन आग्रह गरेका थिए ।