लापामा विद्युत सेवा अवरुद्ध, बिग्रियको उपकरण मर्मत गर्न सदरमुकाम ल्याईदै

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २०, २०८१

धादिङ । केन्द्रिय विद्युत लाइन बिस्तार हुन नसकेको रुवीभ्याली-५, लापामा रहकोका लघु जलविद्युतमा समस्या आएपछि लापामा विद्युत आपूर्ति सेवा ठप्प भएको छ ।

लघु जलविद्युतको आवश्यक उपकरण विग्रियपछि मर्मतका लागि सदरमुकाम ल्याईदै गरेको छ । मर्मत नहुँदा सम्म विद्युत सेवा सुचारु हुन नसक्ने बताईएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङले पटक-पटक प्रयास गरे तापनि केन्द्रिय प्रसारण लाइन विस्तारको काम विभिन्न कारणले अल्झिरहेको छ । स्थानीय सरकार, वडा कार्यालय तथा अन्य सरोकारवाला निकायबीच समन्वयको अभावले समस्या झन् जटिल बनेको विद्युत प्राधिकरण धादिङले जनाएको छ।