
धादिङ । धादिङको तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान गर्दै आईरहेका दुई जना तेक्वान्दो खेलाडी/प्रशिक्षक रोजगारीका लागि विदेशिएका छन् ।
एक वर्ष अघि खेल्न अस्ट्रेलिया गएका प्रदिप गिरी रोजगारिका लागि उतै रोकिए । उनी नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष थिए ।
फेरि हिजोे बुधबार मात्रै कार्यबहाक अध्यक्ष रहेका डेनिड बिक रोजगारी कै लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
क्रिकेट खेलाडीको रुपमा धादिङमा चिनिने गोकर्ण भण्डारी यसअघि नै रोजगारी कै सिलसिलामा अस्ट्रेलिया छन् ।