एड्भान्स एकेडेमीमा विद्यार्थी दीक्षित

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १९, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले पूर्व प्राथमिक तहमा अध्ययननरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दीक्षित गरेको छ ।

यो १८ औ दीक्षान्त समारोह हामीले नै जिल्लामा पहिलो पटक पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई दीक्षित गर्ने कार्यक्रमको सुरुवात गरेका थियौ । अहिले अरुले पनि सुरुवात गरेको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले बताए ।

यस वर्ष पनि एड्भान्सबाट ६८ जना विद्यार्थीहरू दीक्षित भएका थिए भने २१ जना शिक्षक र ५ जना अभिभावक शिक्षक तथा अभिभावकलाई समेत सम्मान गरिएको उनले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’को प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक भिमबहादुर श्रेष्ठको सभापतित्वमा भएको उक्त दीक्षान्त समारोहमा शिवदल गणका जम फणिन्द्र बस्नेत, प्याब्सन धादिङका अध्यक्ष, रोटरी क्लब धादिङका अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो ।