न्यू किबो बोर्डिङका विद्यार्थी दीक्षित 

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १९, २०८१

धादिङ । धादिङबेसी पुछारबजारमा रहेको न्यू किबो बोर्डिङ स्कूलले वार्षिक परिक्षा सकिए सँगै युकेजीको दीक्षान्त समारोह तथा एसईईमा सहभागी विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

युकेजीमा अध्यनरत ९० जना विद्यार्थीहरु दीक्षित भएका थिए भने शैक्षिक सत्र २०८१ का एसईई दिएका बिद्यार्थीहरुलाई बिदाई गरीएको थियो ।

कार्यक्रममा काशीनाथ कोईराला, सिताराम महत, देवी कोईराला, अनुप भट्ट, मिलन गुभाजु, मुक्ती लोहनी लगायत शिक्षक, विद्यार्थी, पत्रकार तथा अभिभावकहरुको आतिथ्यता रहेको प्रिन्सिपल प्रयास रेग्मीले धादिङपोष्टलाई बताए ।